काठमाडौं। रेमिट्यान्सको कारोबार गर्दै आएको कम्पनी रेमिट टू नेपाल प्रालिले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
कम्पनीले दशैं तिहारका बेला आयोजना गरेको रेमिट टू नेपाल फेस्टिभल क्यास बोन्जा अफरका विजयीलाई साधारणसभाको अवसरमा पुरस्कार वितरण तथा सम्मान गरेको छ।
उक्त फेस्टिभल अफरमा दाङको बाल्मिकी ट्रेडर्स पहिलो, मोरङको पाण्डे मनि ट्रान्सफर दोस्रो, झापाको एजी मनि ट्रान्सफर तेस्रो, काभ्रेको एक्सप्रेस मनि सोलुसन तथा ट्राभल्स चौथो र काठमाडाैंकाे एग्रीमोर बचत तथा ऋण सहकारी पाँचौ भएको कम्पनीका विजनेश डेभलपमेन्ट म्यानेजर दिनेश चालिसेले बताए।
दुवई, मलेसिया, जापान, कोरिया, कुवेत बहराइन लगायतका देशबाट रेमिट्यान्स भित्र्याउँदै आएकोउक्त कम्पनीको देशभर आठ हजारभन्दा बढी शाखा सञ्जाल रहेको चालिसेले जानकारी दिए।