रेमिट टु नेपालका प्रबन्ध निर्देशक श्रीचन्द्र भट्ट भन्नुहुन्छ– ‘विदेशबाट पैसा पठाउनेले अब रेमिट टु नेपालको सेवा खोज्छन्’ - Remit2Nepal

नेपाली रेमिटान्स बजारमा सेवा प्रदान गर्न रेमिट टु नेपाल प्रा.लि. नामको अर्को एक कम्पनी स्थापना भएको छ । ललितपुरको पूल्चोकमा मूख्य कार्यलय रहेको उक्त कम्पनीले सेवाग्राहीहरुलाई छिटो, सहुलियत शुल्कमा र सुरक्षित ढंगबाट सेवा प्रदान गर्ने उद्देश्य लिएको छ । यस कम्पनी व्यवस्थापकीय नेतृत्व बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो समय व्यतित गरिसक्नुभएका श्रीचन्द्र भट्टले गरिरहनुभएको छ । कम्पनीका सेवा तथा विशेषताको वारेमा कुराकानी गर्दै प्रबन्ध निर्देशक भट्टले रेमिटान्सका क्षेत्रमा रेमिट टु नेपालको उपस्थितिले ग्राहकलाई थप फाइदा पुग्ने बताउनुहुन्छ । कम्पनीले आफ्ना ग्राहकलाई प्रतिस्पर्धी र सरल सेवा प्रदान गर्ने उहाँको प्रतिवद्धता थियो ।

रेमिट टु नेपाल रेमिटान्स कम्पनी खोल्ने सोच कसरी आयो ? रेमिटान्स कम्पनी खोल्नुको उद्देश्य बारेमा प्रकाश पारिदिनोसन् ?
हाम्रो देश ज्यादै अविकसित भएकोले यहाँ रोजगारीका अवसरहरु सिमित छन् । त्यसकारणले वैदेशिक रोजगारीमा जानेको संख्या दिन प्रतिदिन बढ्दैछ । विदेशको कमाई सरल तरिकाले सम्बन्धित ठाउँसम्म भरपर्दाे माध्यमबाट पु-याउने उद्देश्यले रेमिट्यान्स कम्पनी खोल्ने सोच आएको हो । विदेशबाट आउने रकम सजिलै घर आँगनसम्म पु-याउने हाम्रो जमर्कोे हो । स्वदेश विदेश दुबै ठाँउमा हुने आर्जित रकम के कसरी सही लगानी गर्ने भन्ने बारे जनचेतना दिने पनि हाम्रो उद्देश्य रहेको छ ।

रेमिट टु नेपालको सेवा तथा विशेषताहरु के कस्ता छन् ? अन्य रेमिटान्स कम्पनीहरु भन्दा रेमिट टु नेपालको केही फरक विशेषता पाउन सकिन्छ ?
विप्रेषण अर्थात रेमिट्यान्स भन्ने वित्तिकै सबैको कार्यक्षेत्र उस्तै भन्ने बुझिएता पनि, मैले माथि भने जस्तै सरल तरिकाले विप्रेषण भित्र्याउँदै सबैमा जनचेतना जगाउँदै लगानीको वातावरण, लगानी सुरक्षित गर्ने उपाय बारे र गरिबीबाट आँफै स्वावलम्बी कसरी बन्ने अर्थात स्वरोजगार कसरी निर्माण गर्ने भन्ने बारे रेमिट टु नेपालले जनचेतना जगाउने कार्य गर्नेछ । साथै शिक्षा, स्वास्थ्य जस्तो आधारभुत आवश्यकताको बारेमा समाजमा आफ्नो उत्तरदायित्व बहन गर्नेछ ।

रेमिट टु नेपालले देश विदेशमा सेवाको नेटवर्कलाई कसरी विस्तार गरिरहेको छ ? हालसम्म कति मुलुकबाट पठाएको पैसा कम्पनीका एजेन्ट तथा सब एजेन्टबाट प्राप्त गर्न सकिन्छ ?
स्थापनाको पहिलो बर्षमा नै हामीले खाडि मुलुकमा सेवा विस्तार गरी विप्रेषण भित्र्याउन थालेका छौं । यसै आर्थिक बर्ष भित्रै कम्तिमा १० मुलुकबाट नेपालमा विप्रषण आउने गरी हामी काम गर्दैछौं । हामीले विदेश या स्वदेश सबै कुनामा पुगी हाम्रो ग्राहक वर्गहरुलाई सेवा दिन पहल गरिराखेका छौं ।

नेपालमा सेवा प्राप्त गर्न सञ्जाललाई कसरी विस्तार गरिरहेको छ ? हालसम्म कति र कस्ता संस्थाहरुसँग संझौता सम्पन्न गरिसकेको छ ?
सेवालाई चुस्त दुरुस्त बनाउन हामी पूर्व मेचि देखि पश्चिम महाकालीसम्म पुगिसकेका छौं । सेवा सञ्जाल विस्तार गर्ने व्रmममा हामीसँग कमर्सियल बैक, विकास बैक, फाइनान्स कम्पनी लगायत २००० भन्दा माथि प्राइभेट एजेन्टहरु रहेका छन् । जसले गर्दा सेवाग्राहिलाई भुक्तानी लिन सजिलो हुनेछ ।

रेमिट टु नेपालको व्यवस्थापन टिम कस्तो रहेको छ ? तपाई वित्तीय संस्थामा काम गरेको मान्छे यो क्षेत्रमा कति अनुभव रहेको छ ?
यस कम्पनीमा वित्तीय तथा रेमिटान्सको क्षेत्रमा लामो समयसम्म काम गरेर अनुभव प्राप्त गरेका व्यवस्थापन टिमले सेवा प्रदान गरिरहेको छ । रेमिट टु नेपाल दक्ष तथा अनुभवि जनशक्तिद्वारा आफ्ना ग्राहकहरुलाई उच्चस्तरिय तथा गुणस्तरिय सेवा प्रदान गर्न प्रतिबद्ध रहको छ ।

धेरै रेमिटान्स कम्पनी स्थापना र स्थापित भइसके पछि तपाईहरु आउनुभएको छ । भविष्यमा सामाना गर्ने चुनौतिको कुनै अनुमान पनि गर्नु भएको छ ?
रेमिट टु नेपाल दक्ष तथा अनुभविहरुद्वारा संचालित कम्पनी हो । विप्रे्रषणको बजार बुझेको लामो अनुभव भएका व्यक्तिहरुले यो कम्पनीमा व्यवस्थापन गरिराखेका छौं । जसले भविष्यको कुनै पनि चुनौती तथा समस्या सजिलै बहन गर्ने क्षमता राख्दछौं । यस क्षेत्रको ठूलो चुनौती भनेको घट्दो विप्रेषण हो । यसैका लागि हामी परम्पारिक बजार भन्दा नयाँ बजार खोज्ने तिर उन्मुख छौं । त्यस्तै विप्रेषणको परम्पारिक तरिका भन्दा नयाँ प्रविधिको पनि परिक्षण गर्दैछौं ।

अहिले र भविष्यमा आइपर्ने चुनौतिहरुलाई चिर्न कम्पनीले के कस्ता योजना तथा रणनीतिहरु अख्तियार गर्छ ?
कहिले र कति कम्पनी स्थापित भए भन्दापनि हाम्रो मुल उद्देश्य भनेको सेवा संञ्जाललाई चुस्त पार्नु हो । हाम्रो उद्देश्य सेवादिनु मात्र होइन, लगानी मैत्रीवातावरण सिर्जनागर्नु पनि हो । प्रतिस्पर्र्धा धेरै छन् , सबैलाई थाहा भएको नै कुरा हो । हामीले बजार अध्ययन गरेर नै सेवा सुरु गरेका हौं । उचित एक्सचेन्ज रेट र सर्वसुलभ रकममा सेवाग्राहीलाई सेवा दिईनेछ । सीएफटी, एएमएल, केवाईसी, एलभीएमटी जस्तो बिषयलाई हामीले बिशेषरुपमा समावेश गरेका छौं । बजारमा आउनु कुनै नयाँ बिषय होइन बजारमा स्थापित भएर कसरी बस्ने भन्ने कुराको आकलन गरेर नै यो सेवा दिन आएका छौं ।

अहिलेसम्मको अवस्थामा आइपुग्दा कम्पनीबाट दैनिक कतिले पैसा पठाइरहेका छन् ? कतिलाई दैनिक कारोबारमा संलग्न गराउने लक्ष्य रहेको छ ?
आन्तरिक होस या बाह्य जुनसुकै क्षेत्रको विप्रेषण किन नहोस्, शुद्धता हुनु पर्दछ भन्ने मान्यता हाम्रो कम्पनीको रहेको छ । त्यसैले हामीले हाम्रो ग्राहक पहिचान फारम बनाएका छौं । अनलाइन भुक्तानी व्यवस्था बमोजिम हाम्रो सेवालाइ हामीले हाम्रो सफ्टवयरमा नै उल्लेख गरेका छौं ।

विभिन्न चाडपर्वहरुलाई लक्षित गरी अन्य रेमिटान्स कम्पनीहरुले विभिन्न किसिमका स्किमहरु ल्याउने गर्छन् । यो कम्पनीले पनि कुनै स्किमको सोच बनाउँछ, या बनाइसकेको छ ?
अवश्य हामी ल्याउछौ, हामी ब्यवसायमुखी मात्र होइनौ, हामी ग्राहकको मुहारमा खुशी पनि छर्न चाहन्छौ । त्यसैले ग्राहकमूखि धेरै योजना ल्याउने बिचार भैरहेको छ ।

कम्पनीले सेवा सुरु गरेको कति भयो ? हालसम्मको रेस्पोन्स कस्तो रहेको छ ?
हामीले सेवा शुरु गरेको ६ महिना हुंदैछ । सेवाग्राहीलाइ हामीले जुन सेवा दिइरहेका छौं । सो हिसाबले भन्दा हालको ग्राहकले गरेको रेस्पोन्स हामीले सोंचेको भन्दा धेरै राम्रो छ । हामीले आउने आर्थिक बर्षको अन्त्यसम्म कुल बजारको १० प्रतिसत हिस्सा ओगट्ने गरी काम गरिरहेका छौं ।

बार्षिक कति कारोबारको लक्ष्य लिनुभएको छ ? रेमिटान्स बजारमा तपाईहरुको बजार हिस्सा बारे कुनै अनुमान गर्नुभएको छ ?
विदेशीने कामदार को संख्या घटिरहेको भएता पनि हामी नयाँ भएकोले हामीलाई संख्याले खास कुनै असर गर्दैन । तर देशको आर्थिक र राजनीतिक अवस्था हेर्ने हो भने आउने १० बर्षसम्म देशबाट बाहिर काम गर्न जानेको संख्यामा उलेख्य कमि आउला जस्तो मलाई लाग्दैन । हालै एउटा रिपोर्टको अनुसार सन २०३० पछि यो नेपाल प्रौढहरुको देश हुन्छ भनेर भनेको छ । यो भनेकै सबै युवा बिदेशिने भनेको न हो । रेमिटान्सको हिसाबले राम्रो भएता पनि यो एउटा डरलाग्दो अवस्था हो । हामीले भरसक ग्राहकहरुलाई भरपर्दो, सरल र विश्वसनीय सेवा प्रदान गर्दै आफ्नो बजार हिस्सालाई क्रमशः बढाउदै लैजानेछौं ।

विदेशिने कामदारको संख्या घटिरहेको छ ? यसले रेमिटान्समा कस्तो असर पु-याउला ?
देशमा स्वरोजगार उपलब्ध हुनु हाम्रो लागी गौरबको कुरा हो । कोही हाम्रो दाजुभाई दिदी बहिनी बिदेशमा गएर सस्तोमा पसिना बगाउनु परेन । मलाई जहाँसम्म के लाग्छ भने रेमिटान्स घटेको होइन कि अवैधानिक बाटोबाट हुने कार्य बढी भएको हो । गत आ.ब.को तुलनामा १२ प्रतिशतले रेमिटान्स घट्दै ३ खर्ब ४२ अर्ब २३ करोड रुपैयाँ मात्र भित्रिएको तथ्यांक रहेको छ । यसरी घटिरहेको

रेमिटान्स बजारलाई उकास्न सरकारसँग तपाईहरुको अपेक्षा के रहेको छ ?
जो–जो ब्यक्ति आफनो देशबाट बाहिर केही आयआर्जन गर्न गएका छन । उनिहरुले हेर्ने भनेको एक्सचेन्ज रेट र सेवा शूल्क हो । सरकारले बिदेशबाट पैसा पठाउदा लाग्ने शूल्क ब्यहार्नु पर्छ, जसले गर्दा अवैधानिक बाटो निरुत्साहित हुने र फस्टाउन पाउदैन । यसतर्फ सरकारले ध्यान दिनु पर्छ । साथै बैदेशिक रोजगारलाई व्यवस्थित गर्दै हुण्डि कारोबारलाई निरुत्साहित गर्न सके यो बजार बढ्नका साथै व्यवस्थित हुन्छ ।