मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपाल बीच सहकार्य - Remit2Nepal

काठमाडौं– मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपाल बीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४००० एजेन्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तील बहादुर गुरुङ्ग र रेमिट टु नेपालका प्रबन्ध निर्देशक सन्तोष भेटवालले हस्ताक्षर गरेका छन् ।

यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा बैंकको छ ।